Sunday, July 29, 2012

अमेरिकीतेल राजनीति र आर्थिकमन्दी


अमेरिकीतेल राजनीति र आर्थिकमन्दी

अमेरिकी साम्राज्यवादी मानसिकता हिजोभन्दा आज आक्रामक हुँदै गइरहेको छ । सोहीअनुरूप उसका नीतिहरूमा अपेक्षित परिवर्तन सहजै अनुमान गर्न सकिन्छ । परिस्थितिलाई आफूअनुकूल बनाई अप्रत्यक्ष लाभका निम्ति आफूलाई हरदम तल्लीन राख्नु अमेरिकी विशेषता नै हो । यसथमा उसलाई अवसरवादी साम्राज्याधिपतिको उपमा अनुपयुक्त नहोला भन्न सकिन्न । तर, अपरिपक्व नीतिहरूको गन्ध आज अमेरिकाले स्वीकार गरेको र व्यक्त मात्रै गर्न नखोजेको उसको व्यवहारले स्पष्ट हुन्छ ।

अरब राष्ट्रहरूमा राजनीतिक सङ्कटको रणनीतिक प्रयोग अमेरिकाका लागि कूटनीतिक अस्त्र बनेको हिजोको परिवेश अब त्यति सहज नहुने देखिन्छ । इराक द्वन्द्वपश्चात् अकाशिएको तेलमूल्यको आर्थिक प्रभावलाई हेर्ने हो भने दीर्घकालमा त्यसले अमेरिकी अर्थतन्त्रमा नै प्रभाव पार्यो । कमाएको पैसा सबै तेल किन्न खर्च गर्नुपर्ने तथा त्यो पैसा अरब राष्ट्रमा नै पुग्नुले आर्थिक सङ्कटलाई चरम चुलीमा पुर्याएको थियो । तेलको मूल्य प्रतिब्यारेल १ सय ४७ अमेरिकी डलर पुग्दा अमेरिकी जनताको सबै पैसा अरब राष्ट्रमा नै गएको देखिन्छ ।

कच्चातेलमा आधारित अमेरिकी कच्चा राजनीति द्वैध मनस्थितिको उपज हो । त्यसले अमेरिकी अर्थतन्त्रमा पार्ने प्रभावलाई निश्चय नै अमेरिकी कूटनीतिज्ञले अवमूल्यन गरेका छैनन् होला । तर, उसका गतिविधिहरू एउटा कूटनीतिक मर्यादा र दिशाबोध नगरीकनै अघि बढिरहेका देखिन्छन् । इराक आक्रमणका कारण तेल स्खलनमा समस्या आई कच्चातेलको आपूर्तिमा अवरोध पुग्दा पूर्ति र मागको असमन्वयका कारण मूल्यमा अनपेक्षित उतार-चढाव भएको थियो । त्यसको प्रत्यक्ष प्रभाव कच्चातेलको प्रमुख खपत गर्नेमध्येको एक राष्ट्र अमेरिकामा पनि पर्न गएको थियो । त्यसका कारण एकातिर दिनभरिको कमाइले तेलकै खर्च धान्न नपुग्ने अवस्था अमेरिकीहरूमा पर्यो । अर्कातर्फअमेरिकी चालू खर्चको एक ठूलो हिस्सा तेल मूल्यका रूपमा अरब राष्ट्रहरूमा पुग्यो । त्यसले अमेरिकामा गुम्सिएको आर्थिक सङ्कट स्पष्ट रूपमा देखिन पुग्यो । यसको उपज अमेरिकी वाणिज्य तहसनहस हुन पुगी विश्व आर्थिक सङ्कटको रूप लिन पुग्यो । जग्गा व्यापार आर्थिक सङ्कटको प्रमुख कारण हुँदाहुँदै अमेरिकी तेल नीति त्यसको अर्को कडी बन्न पुग्यो । तत्पश्चात् गरिएका विभिन्न प्रयासले अर्थतन्त्र केही हदसम्म उकासिए पनि फेरि अमेरिकाले देखाएको तेल प्रलोभनरूपी राजनीतिले अमेरिकी अर्थतन्त्रलाई नै धक्का लाग्ने निश्चितप्राय: भएको छ । किनभने कच्चातेलको मूल्यले फेरि गगनचुम्बी दिशा तय गर्न शुरू गरिसकेको छ, जसको उत्प्रेरणा अरब राष्ट्रमा सल्केको आगो बनेको छ ।

अरब राष्ट्रका धनाढयको सङ्ख्याले अमेरिकी धनाढयलाई उछिन्दै गएको छ । यसैकारण विश्व आर्थिक मन्दीको असर अरब राष्ट्रमा नदेखिएको हो भन्दा दुईमत नहोला । कच्चातेल उत्पादन/प्रशोधन गर्ने राष्ट्रहरूको सङ्गठन 'ओपेक' को समेत तेलमा भइरहेको मूल्य वृध्दीप्रति ध्यानाकर्षण भइसकेको छ । कच्चातेलको मूल्यवृद्धिलाई कदापि सहज रूपमा लिन सकिँदैन । जब-जब आर्थिक सङ्कट मौलाउँदै जान्छ, तब-तब तेल तथा अन्य अत्यावश्यक वस्तुको मूल्य बढ्दै जान्छ । त्यसैबेला अमेरिकाजस्तो शक्ति राष्ट्रले दीर्घकालीन नीति तर्जुमा नगर्दा सम्पूर्ण विश्वले नै नराम्रो परिणाम भोग्दै जान्छ । अहिले लिबियाले विश्वभरिको तेलको ३ प्रतिशत तेल उत्खनन गर्दै आएको छ । त्यसमा अमेरिकाको आँखा लागेको छ, जसलाई लिबियामा अनायासै देखिएको समस्याले प्रमाणित गरिदिएको छ ।

ओसामा बिन लादेनको अन्त्य हुनु, अफगानिस्तानबाट सेनाको लगानी कटौती हुनु, सोही अनुपातको सैन्य लगानी अन्य राष्ट्रमा स्थानान्तरण हुनु, आर्थिक सङ्कटलाई आलटाले किसिमको सम्बोधन हुनु, विश्वका सामाजिक, आर्थिक तथा न्यायिक सङ्गठनका प्रमुखमाथि पूर्वाग्रही रूपले आक्रमण हुनु र नयाँ चुनावको मिति नजिकिँदै जानुले अमेरिकी छटपटाहटलाई स्पष्ट सङ्केत गर्दछ । यहाँ स्मरणीय कुरा के हुन सक्छ भने आफ्नो कार्यकालमा खासै ठोस उपलब्धि हासिल नभइसकेको र अर्को आम चुनावका लागि फेरि जनतामा नै जानुपर्ने बाध्यकारी अवस्था राष्ट्रपति बाराक ओबामाका सामु छ । त्यसको अल्पकालीन रणनीतिअनुरूप उनी जनतामाझ स्मरणीय हुन चाहन्छन्, जसलाई उनको कार्यकालका विभिन्न विवादास्पद गतिविधिले प्रमाणित गरिदिएको छ । आमचुनावमा भाग लिने ओबामाको घोषणासँगै उनको प्रशासन सक्रिय हुँदै गएको छ । तर, उनीबाट जति पनि प्रयासहरू भएका छन् तिनले अन्तरराष्ट्रिय छवि सुधार्नेभन्दा कार्यक्षमतामा प्रश्न उठाउने काम गरिरहेका छन् । अरब राष्ट्रमा आफ्नो प्रभुत्व कायम गरी कच्चातेलका लागि आफूअनुकूल नीति तर्जुमा गराउने कूटनीतिक रणनीतिका लागि अमेरिकी सक्रियतामै नेटो कारबाही लिबियामा चर्काएका छन् । हतियारको राजनीतिमा असफल भइसकेपश्चात् शुरू गरिएको अरब आक्रमणलाई गद्दाफी सहजै हार मान्ने अवस्थामा छैनन् । बेलाबखतमा आउने गरेका उनका वक्तव्यबाटै यो अनुमान गर्न सकिन्छ ।

अरब राष्ट्रलाई राजनीतिक रूपले कमजोर पार्ने र त्यसबाट आफूअनुकूल सरकार निर्माण गरी एकातर्फ नीतिगत लाभ लिने र अर्कोतर्फआर्थिक लाभस्वरूप तेलखानीमा आफ्नो शक्ति केन्द्रित गर्ने अमेरिकी नीति छ । तर, यो दुवै अमेरिकी हितमा छैन । त्यसले अनन्तकालमा अमेरिकी लगानी अनुत्पादक क्षेत्रमा केन्द्रित भई समग्र अर्थतन्त्रमा प्रभाव पार्ने देखिन्छ । अमेरिकी द्वैध कूटनीति र विदेश नीतिलाई बेलाबखतको विकिलिक्स खुलासाले पनि नङ्ग्याइदिएको छ।

अमेरिका साँच्चै नै यदि आर्थिक सङ्कटलाई पुनर्विचार र पूर्वाभास गर्न चाहन्छ भने उसको विदेश नीति देशगत गुणदोषको आधारमा भन्दा आफ्नो शक्ति र कमजोरीको आधारमा हुनुपर्दछ । कुनै देश प्राकृतिक शक्तिले सम्पन्न होला, कुनै वैज्ञानिक शक्तिले त कुनै दक्ष जनशक्तिले । तर, त्यसो भन्दै गर्दा अमेरिकी आँखा सबैतिर गड्ने हो भने आफूतिर नियाल्ने आँखा बन्द हुन बेर लाग्दैन । आर्थिक सङ्कटको पूर्वानुमान गर्नुको साटो आर्थिक सङ्कटलाई आर्थिक समस्याको नाम दिँदै अमेरिका अल्पकालीन हुन चाहन्छ भने छिट्टै नै अमेरिकाले चीन, भारत, जर्मनी, जापानजस्ता उदाउँदा महाशक्तिको सामना गर्न नसकी विलीन हुनुपर्नेर्छ । यसकारण अमेरिका र अन्य शक्ति राष्ट्रहरू तेल राजनीतिबाट टाढै हुने हो भने आर्थिक सङ्कटबाट बच्न सकिन्छ । अन्यथा अर्को आर्थिक सङ्कट निम्तनेछ, जसले तेलकाण्डका नामले प्रसिद्धि कमाउनेछ ।

हिमाल भट्टराई, जैन विश्वविद्यालय, बैङलोर भारतमा एमबीए तहमा अध्ययनरत । (Published in Aviyan dailly)

Kathha (Love Story)


मंसिर पुष को जाडो त्यस माथि बिहान बिहानै कलेजिनु पर्ने बाध्यता। । । ।। 

(Day One)
५ बज्न नपाउदै ब्लयाकबेरी ले अलराम हान्यो ।।। जसो तसो रेडी भएर पल्लो घरमा पार्क गरेर राखेको गाडी ( निसान सन्नी ) निकाल्न निस्के।। गेट नै बन्ध रहेछ।। नेपाल न पर्यो बेल हान्न पनि बत्ती नै रहेनछ।। कल गर्न पनि म सँग नम्बर नै थिएन।। यसो यता उती हेरदै थिए कोइ निस्की पो हाल्छ कि भनेर।। तल्लो फ्लाट को बाहिर पत्टी हल्का उज्यालो बत्ती देखे, मोबाइल को लाइट बालेर केइ खोज्दै होलान।।। शायद कोइ बाहिर जान लागेको होला।। त्यो मान्छे सरासर गेट तिरै अगाडि बड्यो त्यसैले म पनि गेट को सिदै अगाडि गएर उभिये।। भित्र बाट गेट खुल्यो, खुल्न नपाउदै म भित्र छिरे।। अचानक माइ गड भन्ने आवाज सुने बिचरा मज्जा ले तर्सिछिन।। कुन सुर मा थिन कुन्नी।। कलेज ( Campian ) जान निस्केकी रहिचिन तेइ पनि स्कट मा।। म पनि झन्डै ढलिन।। कलेज बाट आए पछी ममी लाई सोधे।। पल्लो घरमा को केटी आएको रहेछ बिचरी मज्जा ले तर्सीन बिहान।। ममी पनि हास्न थाल्नु भयो।। फुपु को मा बस्न आएको केटी रहिछ।।।

साज पख गाडी भित्र राख्न खोज्दै थिए।। तेही नै रहिछिन।। उस्लाई देख्ने बित्तिकै म हास्न थाले र उनी पनि।। भनिन, बिहान म कस्तरी तर्से।।। म अर्कै सुर मा थिए तपाईं अचानक भित्र छिर्नु भयो।। नयाँ ठाउँ नयाँ परीबेस अनी एका बिहानै।।। अजै थपिन मलाई पनि लिफ्ट दिनु न बिहान।। हजुर को कार खाली नै जाने रहेछ।। कुरो भुइ मा खस्न नपाउदै हुन्छ हुन्छ भने।। हुँदैन पनि किन भन्नु थियो र।। एती सुन्दर केटी ले लिफ्ट को पर्पोज राखे पछी।। मैले उन्को नम्बर मागी हाले।। फेरी बिहान बिहानै गेट कस्ले खोल्दिने नि??...
(Day 2)

भोली पल्ट बिहान मेरो ब्ल्याक्बेरी को अलराम बज्नु भन्दा पहिला उन्को कल आयो।। हत्त न पत्त रेडी भएर निस्के उनी बाहिर पर्खि राखेकी रहिछिन।। खासै केइ कुरा भएन तेइ अगिल्लो दिन को घटना, कहाँ पढ्ने के गर्दै यस्तै उस्तै।। नाम रहेछ एलिना शायद अप्सरा भन्दा कमी नभएर होला।। मस्त मिलेको फिगर तेइ माथि स्कट तेइ पनि जाडो को मोउसम मा।।। गोपी कृष्ण हल पनि कतो चाडो आएको ।। एक्छिन चिया लिन बसुम भनेर बसियो।। उन्को अर्को बिनय नाम गरेको केटा साथी पनि रहेछ सँगै चिया लियियो।। मैले कलेज सम्म नै छोडि दिने प्रस्ताब राखे उनी हरु ले होइन आज हामी कलेज बन्क गरेर नगरकोट जाने प्लान छ बरु तपाईं पनि जोइन गर्नुस् न भन्दै फोर्स गर्न थाले।। मेरो कोलेज मा बैंकिङ ट्रैनिङ चली राखेको थियो।। दिन बिराइ बिराइ हुन्थ्यो।। एक्दिन मात्र मिस गरे सर्टिफिकेट मिल्दैन भनेका थिय।। बडो दोधार मा परे।। कलेज जाउ सुन्दरी छुट्ने नगरकोट जाउ कलेज छुट्ने।। मैले होइन आज ईम्पोरट्यान्ट क्लास छ अरु कुनै दिन जाउला भनी कार स्टार्ट गरेर अगाडि को बाटो तताउन तिर लागे।।

दिउसो तिर उन्को कल आयो।। एलिना : तपाईं कहाँ हो ऐले??? ।। हिमाल: म यतै घर नजिकै छु ।। किन र??
एलिना: ऐले फ्री हो?? हिमाल : हो।।।।। किनर??।। एलिना: सानो काम छ चाबहिल जान मिल्छ?? हिमाल: कस्ले भन्यो र मिल्दैन भनेर?? तिमी कहाँ हो र ऐले?? । एलिना: म एही नजिकै छु।। ।। हिमाल: ओके (जनक स्टाईल मा) तिमी भिर्कुटी चोक मा म्यानेज गर म आइ हाल्छु।।। पल्सर लिएर हामी चाबहिल तिर निस्केउ।। उन्को को साथी को बर्थडे गिफ्ट को लागि रहेछ।। गणेशथान तिर खोजेउ खासै चित्त बुज्ने नभेटिय पछी।। मैले भाट्भटेनी जाउ त्यहाँ मिल्छ होला भने।। हल्का धुमियो खासै केइ भेटियन।।। उन्को फोन बज्यो।।।के बोलिन मलाई अत्तो भएन।। एलिना: चाबहिल मा दाई हुनु हुन्छ एक्छिन भेट्न जाउन।।। हिमाल: हुन्छ।।।।। तर मलाई लाज लाग्छ तिमी भेटेर आउ म बाहिर नै बस्छु।।। को दाई रहेछ चाबहिल को H2O क्याफे मा मेरै कलेज मा एम. बि. एस् गर्दै गरेको ।।।
एलिना: दाई ले त के डाइलोग दिएको के????
हिमाल: कस्तो डाइलोग नि फेरी?? मेरै कलेज मा पढ्नु हुदो रहेछ।।।। मलाई त डर लाग्यो।।।
एलिना: होइन होइन।।।। पल्सर वाला केटो पट्याइछेस रे क्या।।।
हिमाल: होर।।।।।। पट्याको नै होत।।। ब्याग मा राखन त तेसो भये।।।। हाहा

भोक लाग्ने टाईम भइे सकेको थियो।। मैले खाजा को लागि अफर गरे।। नाङ्लो क्याफे चाबहिल मा गएर मो मो खाइयो।। साज पर्न लागि सकेको थियो।।। पानी पनि हल्का पर्न लागेको।।। नभन्दै पानी पनि पारी हाल्यो।।। बिचरी लाई जाडो भएछ।।। एकदमै टासिएर बस्न थालिन।।। माया नै लागेर आयो।।। घर मै छोड्दा कुनै समस्या पर्दैन नि भनेर मैले सोधे उन्ले भनिन पर्दैन दिदी भिनाजु लाई सोधी कन आएको तिमी सँग गिफ्ट किन्न जान्छु भनेर।। सिदै जाउ रे क्या।। तिमी सँग जादा केइ समस्या हुँदैन भनिन।।।।। शायद मेरो समाज सँग खासै घुल्मिल बोल्चाल नगरने बानी ले होला।।
(Day ३)
उन्को कल आयो बिहान् बिहानै।। हत्त न पत्त उठेर म आउँदै छु ५ मिनेट मात्र भने।।
अत्यधिक चिसो भएको कारण ले एक्छिन पल्सर तताये।।। अनी सँगै हिनियो कलेज तिर।। गोपी कृष्ण हल नेर फेरी चिया लिन बसियो।। जाडो एकदमै थियो।। मैले सोधी हाले हिजो को नगरकोट कस्तो भयो मैले त सोध्न नै बिर्सेंछु भनेर?? होइन प्लान क्यन्सिल भयो भनिन।। आज जाने हो>?? म किन नजाने भन्थे।। हुन्छ जाने।। तेइ माथि आज खासै ईम्पोर्टयान्ट क्लास पनि छैन भने।। फेरी उनैले जान त जाने कहाँ जाने भन्न थालिन।। मैले जहाँ भये पनि हुन्छ भने।।। उन्ले सडेन्ली गोदावोरी भनिन।। मैले हुन्छ भने।।। अनी लागियो गोदावोरी तिर।। मर्ने जाडो थियो।। हात नै पुरा को पुरा जाम हुने।। स्कट मा थिइन।। खुट्टा एकै तिर झारेर लपक्क टासिएर बसेकी।। सात दोबाटो बाट हल्का भित्र छिरे पछी एउटा लोकल होटल भर्खर खुलेको रहेछ।। चियो को लागि भनेर बस्यौ।। उनी साउनी सँग अइना र काइयो मागिन र बाईक को हावा ले बिग्रेको कपाल मिलाउन लागिन।। धन्न रहेछ केटी को जात मैले सकिन भने।। साउनी मसक्क हाँस्दै थिइन।। शायद मेरो कुरा ले चित्त बुजेको हुनु पर्छ।। गोदावोरी त पुगियो तर चकमन्न।। १०-११ नबजी खुल्दो रइनछ।। एक्छिन बसियो।।। हल्का फोटो खिचेर टाईम पास गर्दै।। उनी मेरो फोटो लिन धेरै बल गर्दै थिइन।। तेइ पनि सँगै टासिएर।। शायद हुन सक्छ कसैलाई देखाउन।। कसैलाई मेरो bf हेर भन्न लाई होला।। त्यो जंगल जस्तो एकान्त ठाउँ मा कती बस्नु।। २ जान मात्र।। तेसैले फर्किउ त्यहाँ बाट।। हल्क यता आइ सके पछी एउटा चौर जस्तो ठाउँ मिल्यो।।। हल्का घाम पनि लाग्न थालेको।। एक्छिन बसौन भनिन।। मैले हुन्छ भनेर।। चौर जस्तो ठाउँ मा लागेउ।।। धेरै कुरा भयो।।। म उनी सँग टिप्स माग्दै थिए।। केटी कसरी पट्याउने भनेर।।। उनी भन्दै थिइन गेट अप र बाईक खत्रा हुनु पर्छ केटी हरु आँफै पछी लाग्छन।। तेइ माथि तपाईं त झन क्युट हुनु हुन्छ।। किन मेरो साथी मिलाइदिउ ?? मैले होइन होइन पर्दैन भने।।। आधा घण्टा पछी हामी फर्केउ।।

घर नजिकै छोडिदिये. । उन्को कलेज बाट आउने समय पनि ठीक्क भएको थियो।। म चाँही कलेज नै फर्के साथी को सानो सामान दिनु थियो।। हिन्दू राष्ट्र को अभियान सँग रिलेटेड।। कलेज भर्खर सकिएको थियो।। म बास्केटबल ग्राउन्ड मा ३ पोइन्ट ट्राइ गर्दै थिए।। साथी आएर भन्यो क्लास मा त थिइनस त?? म फुल ड्रेस्स मा नै थिए तेइ भएर होला।। म इन्भिजिबल भएर बसेको थिए नि।।।

(Day 4)
तेइ ५ को सेडुल म पनि निस्के बाहिर।।
आज उन्को साथीको बर्थडे थियो तेसैले उनी कुर्था र सल्वार मा सन्नी लेओन भन्दा पनि खत्रा परेर निस्किछिन।।। सोधी हालिन म कस्तो देखिएको छु भनेर।। एकदम दामी।। स्कटमा भन्दा धेरै राम्रो भने।। जती राम्रो देखिये पनि केटा हरु लाई त स्कट वाला नै मन पर्छ नि होइन र भनिन।। के भन्नु न के भन्नु भयो।। खै होला भन्दिये।।।
गौशला मा साथीहरु छन भनिन।। गौशला मा साथी हरु आउन अली ढिला भएको ले चिया पिउन एउटा होटेल म छिरेउ।।। र म उनलाई तेही छोडि कलेज तिर लागे।।।
(Day 5)
आज ब्ल्याक्बेरी को अलाम बज्यो तर उन्को कल आएन।। आज किन सुती रखिन भनेर मैले कल गरे तर मोबाईल switch off.. ।।। हल्का कुरे तर उन्लाई देखिन।।। एक्लै बाईक लिएर कलेज तिर लागे।। कलेज बाट आएर ममी लाई सोधे आज त्यो पल्लो घर को केटी कता गइछ?? बिहान पनि कलेज गइन भने।। त्यो केटी त खत्तम रहिछ।। एउटा सिक्री र चार हजार पैसा लिएर हिजै गइछ भन्नु भयो।। म खुत्रुक्क परे।। केटी त्यस्तो हो जस्तो त लाग्दैन थियो।। धेरै psychology पढेको थिए स्पेसल्ली उमेन।। शायद फुपु र बहिनी को केइ झगडा होला।। चोरि त बद्नाम गराउन लाई होला।।।

धेरै दिन पछाडि तेही उस्को नाता पर्ने सानो भाई लाई सोधे।। एलिना दिदी कता छ आज्कल भनेर।। उस्को फोन नम्बर मलाई चाइएको थियो भने।।। कसैलाई नभनी नम्बर खोजेर देन ल भाई भने उस्ले भन्यो हुन्छ।। दिदी त आज्कल चक्रपथ तिर बस्नु हुन्छ।। तेइ पुरनो नम्बर मात्र छ नयाँ त हामी लाई पनि थाहा छैन भन्यो।।।।

अचानक ममी ले ओेइ उठ्नु पर्दैन?? तलाई कलेज जानु पर्दैन भन्नु भयो म झसँग भएर बिउजे।।। हत्त न पत्त सिरानी मा भएको ब्ल्याकबेरी मा टाईम हेरे।। ५-१५ भाई सकेछ।।।। उठे ममी उठे कस्तो राम्रो सपना देखेको थिए बेकारमा डिस्टर्ब गर्नु हुन्छ भने।। खै सपना हो कि बिपना एक्छिन त अकमक्क परे।। कफी बनाइदिउ भन्नु भयो ममी ले होइन पर्दैन आज ढिला भएको छ भने।। हत्त न पत्त रेडी भए।। आज धेरै चिसो छ कार लान्छु न है भने ममी ले हुन्छ लैजा चाबी तै सँग होला हिजो तैले नै राखेको भन्नु भयो।। कम्प्युटर को टेबल बाट चाबी लिएर गाडी निकाल्न गये,, के सपना जस्तो हुन्थ्यो आन्टी बडारदै हुनु हुन्थ्यो।। म गाडी निकालेर सपना सम्जिदै ग्लोबल कलेज तिर लागे।।।

भुल चुक लिने दिने।।।। गल्ती भये माफ पाम।।।।

प्रयोगबादमा संविधानसभा र आर्थिक नेपाल


प्रयोगबादमा संविधानसभा र आर्थिक नेपाल

तेस्रो पटक थपिएको संविधान सभाको म्याद सकिनै लाग्दा पनि देशका ठूला भनाउदा दलहरू व्यक्तिगत, गुटगत र दलगत स्वार्थभन्दा माथि उठ्न नसक्नुले नेपाली राजनीतिको त्रासदीपूर्ण अवस्थालाई सहजै आङ्कलन गर्न सकिन्छ । यसर्थ, अब दलका नेताहरूलाई आध्यात्मिक गुरूबाट माया, मोह, काम, लोभ, शोक, क्रोध जस्ता अघोरी मानविय संवेदनाका मुलभूत तत्वको जानकारी दिनुपर्ने आवश्यकता पनि उत्तिकै टड्कारो भएकोछ । त्यसो नहुदो हो त नेपाली राजनीतिमा कहिल्यै नदेखिएको व्यक्ति केन्द्रित राजनीतिरूपी चमत्कारको खुलेआम प्रयोग नहूँदो हो । नेपाली राजनीतिमा विगतको दलिय राजनीतिक प्रयोगलाई केलाउने हो भने, चाहे त्यो बाह्र वर्षे जनयुद्घको शुत्रपात होस् वा शान्ति प्रत्रियाको शुरुवात, राजतन्त्र अन्त्यको घोषणा होस् वा गणतन्त्र स्थापनाको विगुल, ती सबै कथित उपलब्धिको उपहास आज सम्बन्धित दलका नेता कार्यकर्ताबाटै हुनुले उनीहरूको राजनीतिक प्रयोगबादमा देखिएको अस्पष्टता, अज्ञानता वा भनौ अपरिपक्वतालाई छर्लङ्ग पार्दछ । यसको सबैभन्दा दरिलो उदाहरण बहुदलीय व्यवस्थाको स्थापना पश्चात अपवादका लागी पनि पूर्णकार्यकालीन सरकार नेपाली राजनीतिले नपाउनु । अझ ०६२÷६३ को जनआन्दोलन पश्चातका सरकारको त कुरै छाडौ । राजनीतिको केन्द्रविन्दु सत्ता प्राप्ति नै होला तर सत्ताका लागी राष्ट्रिय स्वाभिमान र राष्ट्रिय अहम्लाई नै दाउमा लगाउने काम भने विश्व राजनीतिकै दुर्लभ प्रयोग हो, यसको सुरुवात त सविधानसभालाई रणनीतिक प्रयोगको साझेदार बनाउन लागेदेखि नै सुरु भएको हो । एकताका अनेकतामा एकताको शन्देश बोकेको राष्ट्र आज एकतामा अनेकता भन्दै जातीय, क्षेत्रीय हिसाबले देश टुक्राउने जन्तुहरूको स्वप्नभुमि बनेकोछ न कि राष्ट्रिय एकताका लागी हिटलर र पृथ्वीनारायण बन्न चाहनेहरूको कर्मभूमि । संविधानसभा रूपी संक्रमणकाल जति–जति लम्बिदैछ, त्यति नै एकातिर नेपालका आधारभूत मानिएका आर्थिक मुद्दाहरू मात्रै पनि संबोधन हुन पाएका छैनन् भने अर्कोतर्फ यो संक्रमणकालको अन्त्य हुने संभावना दिन प्रतिदिन क्षीण हुदै गएकोछ । शासकिय स्वरूप, निर्वाचन प्रणाली, संघियता जस्ता ठोस मुद्दाहरूमा यो संक्रमणकाल अड्कियको हुदाँ यी कुराहरूमा सम्झौतारूपी सहमति भैहाले पनि त्यो आफैमा राजनीतिक दलहरूको रणनीतिक प्रयोग मात्रै हुनेछ, किनकि दलीय सिद्धान्तका हिसाबले यी कुराहरूमा सहमति हुनु आफैमा एकदलीय व्यवस्था हुनु हो जबकी व्यवहारतः यी मुद्दाहरूमा विपरित धु्रवको चुम्बकीय गुण निहित हुनुले सहमति असम्भवप्रायः हुन्छ । कुनै नाटकिय परिवर्तन भएन भने कुनै ज्योतिषीको नेपाली राजनीतिको रूपरेखा र भविष्यको भविष्यवाणी सायदैे संयोगवशः मिल्न जाला, अन्यथा मसिंर १४ मा नेपालीहरूले केही नौलो स्वाद चाख्न पाउने छैनन् सिवाय त्यही कथित सहमति, केही बुँदे सम्झौता, म्यादथप, सम्झौताको आफु अनुकुल व्याख्या, विवाद अनि यस्तै–यस्तै नेपाली राजनीतिको वशांणुगत विशेषता ।
आजको विश्व राजनीतिमा कल्याणकारी राज्यको अवधारणा अन्तर्गत कुनै पनि राजनीतिक दर्शनको मूल ध्येय विशेषतः सम्बन्धित राज्यको आर्थिक मुद्दाको सम्बोधन र त्यसको परिणाम स्वरूप समग्र परिवेशको उन्नति जुन गुणात्मक र परिमाणात्मक धारको संतुलनमा देखिन्छ । तर नेपालका आर्थिक मुद्दाहरू सधै संविधानसभाकै चपेटामा पर्ने हुन् भने, नेपालमा सधै संक्रमणकालीन खाडल नै व्याप्त हुने हो भने, सिंगो संविधानसभालाई नै प्रयोगवादको धरापमा पार्न सक्ने राजनीतिक दलहरूले किन त्यो संक्रमणकाललाई प्रयोग गर्न सकिरहेका छैनन् ? अहिलेको राजनीतिक समस्या समाधानको एक मात्र उपाय शासकिय स्वरूप, निर्वाचन प्रणाली, संघियता, सेना समायोजन जस्ता ठोस मुद्दाहरूमा सहमति नगर्ने सहमति गर्नु नै हो । यसै पनि संविधानसभा चार वर्षको हुदैछ तर संविधान लेखन अझै ठप्प छ । यस्तो अवस्थामा राजनीतिक दलका सामु दुईटा विकल्प बाँकी रहन्छ । एउटा विकल्प, अहिलेकै व्यवस्थाको पुनरावृति जसमा जनताका आँखामा छारो हाल्न कुनै क्षेत्रिय वा जातिय गुटसँग राष्ट्रिय स्वाधिनतामा आँच पुग्ने नै किन नहोस् केही बुँदे सम्झौता गरी त्यही सम्झौताका आधारमा सरकार बनाउने र फेरी छ महिना वा एक वर्ष म्याद थप्दै राजनीतिको फोहरी खेलमा चुर्लुम्म हुने र फेरी त्यसैको पुनरावृतिमा रमाउने हो भने अर्को विकल्प अहिलेको जम्बो संविधान सभालाई खारेज गरी दलीय सहमतिका आधारमा नयाँ चुनावको घोषणा गर्नु हो । तर ती दुवै विकल्पको प्रयोग आर्थिक, राजनैतिक, सामयिक, सामाजिक कुनै पनि हिसाबले नेपालले थेग्न नसक्ने, र समय, काल र परिस्थिति अनुकुल नहुदा दुवै विकल्प असान्दर्भिक हुन जान्छन् ।
यसकारण अब नेपालका राजनीतिक दलहरूले गर्नु पर्ने समसामयिक र उपयुक्त सहमति भनेको संविधानसभाको म्याद दश वर्षका लागी थप गर्ने र त्यो बीचमा सवै राजनीतिक दलको मूल मुद्दा आर्थिक सम्वृद्घिलाई सम्बोधन गर्न तर्फलाग्ने नै हुनुपर्दछ । त्यो बीचमा सरकार गठनका लागी सहमतिका आधारमा चक्रिय प्रणाली अबलम्वन गर्नु नै उपयुक्त विकल्प हुन जान्छ । फेरी त्यो दश वर्षे संक्रमणकालको प्रयोग दलीय चुनावी प्रतिस्पर्धाका लागी हुनेछ । र दश वर्ष पश्चात संविधान सभाको चुनावका लागी नयाँ जनादेशमा जान चुनावको घोषणा गरिनेछ । त्यो बीचमा बनेको कुनै पनि सरकार राजनीतिक नभई आर्थिक सरकार हुनेछ । जसको मन्त्रिमण्डलको संरचनाको आधारभूमि आर्थिक धरातल वा पृष्ठभूमिका व्यक्तिहरूको हुनेछ र तिनले गर्ने प्रयोगको केन्द्रविन्दु नेपाली समाजको आर्थिक रुपान्तरण नै हुनेछ । सिंगो नेपाललाई एउटा व्यवसायिक संगठनको चित्रण गरी आर्थिक रुपान्तरणका लागी आयोजनात्मक योजना तर्जुमा गरिनेछ । मन्त्रिमण्डल कुनै हस्ताक्षरिय पद नभई कार्यकारी हुनेहुँदा प्रधानमन्त्रिले “हायर एण्ड फायर”को नीति अवलम्बन गर्नेछ । त्यसका लागी अहिलेको छ सय एकको टोलीलाई संविधान सभाकोे जिम्मेदारीबाट मुक्त गरी आर्थिक मञ्चको सदस्यता दिलाउनु पनि प्रमुख कार्य हुनेछ जसको अधक्ष्यता सभामुखले नै ग्रहण गर्नेछन् । यो आर्थिक मञ्चको कार्य क्षेत्र केवल आर्थिक जगत्का सम्पूर्ण विधेयकमा छलफल, परिमार्जन, सुझाव र ती विधेयक पास गर्नुका साथै नेपालमा आर्थिक क्रान्तिका सम्भावना र व्यवहारिकताको अध्ययन गर्दै नेपाली भूमिलाई अर्थमय बनाउनु बाहेक कुनै राजनीतिक मुद्दाको बहसमा केन्द्रित हुनेछैन । त्यो सरकारले अबको दश वर्षका लागी आर्थिक निरंकुशता लाद्ने छ जहाँ चाणक्य, कौटिल्य देखि मार्सल, माक्र्स, र आधुनिक विश्वका शक्तिशाली राष्ट्रको पूँजीबादी र साम्यबादी दर्शनको व्यवहारिक प्रयोग नेपाली आर्थिक क्रान्तिका लागी गर्नेछ । दश वर्षे समयावधि राष्ट्रको विकासका लागी अल्पकालीन समय हुन जान्छ र राजनीतिक दलका लागी पनि त्यो समय आफुलाई पवित्र नेपाली दल सावित गर्न पर्याप्त हुनेछ । तत्पश्चात नेपाली राजनीतिमा अहिलेका पदीय लालसाको आडमा जन्मेका सयौं दलको दाहसंस्कार हुदै कर्मठ र सच्चा व्यक्तिको जमात मात्र बाँकी रहनेछ जसले नेपालीपन र नेपालको नेतृत्व नेपालमा नेपालीकै लागी गर्नेछ । अनि मात्रै सुरु हुनेछ नेपाली राजनीतिमा वैचारिक राजनीतिको युद्ध जब प्रत्येक नेपालीका ओठहरू एक बूँद पानीका लागी प्याकप्याक्ती कराईरहेका हुनेछैनन्, एक गाँस खानाका लागी क्रन्दनमयी संगीतमा डुबेका हुनेछैनन् र सहमतीको गन्धा मन्त्रले नेपाली राजनीति दुर्गन्धित भईरहेको हुनेछैन ।
अबका वर्षमा नेपालले आर्थिक विकेन्दी्रकरणको उपहार स्वरूप कालिकोटमा विश्वविद्यालय पाउनेछ जसमा सोनिया गान्धिका नातिहरु प्रवेश नपाएर अनुहार गुम्साईरहेका हुनेछन्, ईलाममा विश्वकै ठूलो चियाखाना पाउनेछ जसको चियाको पर्खाईमा टोनी ब्लेयरहरू घडिका सुई घुमाईरहेका हुनेछन्, जुम्लामा एउटा अन्तराष्ट्रिय अस्पताल पाउनेछ जसमा जर्ज बुश उपचार गर्न पालो कुरिरहेका हुनेछन्, लुम्बिनीले तीन करोड बुद्धहरू पाउनेछ र तिनको दर्शनका लागी विश्वका हरेक गाँऊ–शहरमा अर्बौ मानिस लामबद्ध हुनेछन्, दोलखाले विश्व विख्यात पानी उद्योग पाउनेछ जसको उपभोगले सम्पूर्ण मानव मलमुत्र नेपालमय हुनेछ, डोटीले आधुनिक उपकरणले सजिएको रोवर्ट कारखाना पाउनेछ जसको माग महारानीको रक्षार्थ बेलायती राजदरबारबाट हुनेछ, मुस्ताङ्गले नेपाली भान्छा पाउनेछ जसको खाजाको माग जी–आठको सम्मेलनमा हुनेछ, गोरखाले आफ्नो खुकुरीको भिराई विश्वका हरेक सेनाको कम्मरमा पाउनेछ र प्रत्येकका धारमा एउटा आतङ्कवादीको नाम नेपाली अक्षरमा सजिएको हुनेछ, अनि ओखलढुङ्गाको सिनेमा उद्योगमा ज्याकी च्याङ्ग, रजनीकान्त, ब्रुस ली र एञ्जेलीना जोलीहरू फ्लप भईरहेका हुनेछन्, त्यो बेलामा सम्पूर्ण गिनिजबुक नेपालमय हुनेछ र हरेक नेपालीहरू अमेरिका र अष्ट्रेलियाका रोलमोडल हुनेछन् जहाँ सच्चा नेपालीहरू अझै गीताको कर्मबादलाई शिरोपर गरी आफ्नो कर्मरूपी धर्मको सांगीतिक नशामा मस्त हुनेछन् ।
गास, बास र कपासको प्रत्याभुति नै नेपाली जनताले नपाएको अवस्थामा संविधान सभाको ढोङ्ग नेपालमा अनावश्यक वखेडा नै हुन्छ । भोको पेटले कुनै संविधानका धारा र उपधारा चिन्दैन, कुनै नियम विनियमको खोल ओड्न जान्दैन । यसर्थ अहिले वेला न कुवेला लादिएको संविधानको भूत नेपाली समाजबाट हटाउन जरुरी छ जुन केवल उच्च वर्गमा केन्द्रित छ । त्यो संविधानको, नियमको खाँचो त ती ठग र द्रव्य पिशाचहरूलाई छ जसले कर्मवाद जानेको छैन र सुगर अनि रक्तचापको पापी प्रतिबिम्वले सजिएको छ न कि कर्मठ र स्वाभिमानी नेपाली जनतालाई । नेपाली समाजलाई खाँचो छ मात्र एउटा आधारको जसमा उसले दिनभर कामको धर्मलाई पुजेर रातको निद्रामा परमानन्द प्राप्त गर्नसकोस् र हरेक नेपालीको आत्मा उसको संविधान बन्न सकोस् न कि विदेशी कागजमा दासताको गाथा बोक्ने खोक्रो राष्ट्रबादले सिँगारिएका अर्थहीन शब्दका कोरा चाङ्गहरूको ।  (लेखक भगवान महाविर जैन कलेज, बैङ्गलोरमा अध्ययनरत हुनुहुन्छ ।)

Jail Industry in Nepal



Growth Roadmap of Nepal



सापेक्षिक शुन्यतावाद