सापेक्षिक शुन्यतावाद
म, म हुनुको आभाष अनि मात्र मेरो भोगाई, यिनै मेरा आदर्श सिद्धान्त । मेरो सोचाईको अभौतिक परिवेश यस्तै आध्यात्मिक अथवा परिष्कृत भौतिकवादले आकृत छ । हिजोको अनुभव, आजको अस्पष्टता र भोलिको वेचैनीमा म जब जब आफुलाई केलाउन थाल्छु, भावात्मक पक्षघातले मलाई घोचिसकेको हुन्छ । मेरो चाहनाको गौणतामा पनि प्रकृतिको चाहना फक्रिरहेको पाउँदा केहि राहत भएपनि अनुत्तरित अज्ञानका वालसुलभ प्रश्नका भलहरूले हर पल मलाई बगाईरहेको पाउदा र अतिरञ्जित मेरा ज्ञानका धाराहरू सुकिसकेको हुदाँ आफुलाई गीताका प्रपञ्ची हरफहरूले ढाडस दिलाउनुको पिडा पनि सायद अव्यक्त नै हुन्छ ।
पारिवारिक आकांक्षा र व्यक्तिगत महत्वाकाक्षांको घर्षणमा व्यक्तिले आफुलाई विकृत पार्दछ । तिनै घर्षणमा मैले न त आफूलाई ती महत्वाकाक्षांको सम्मानमा समर्पित गर्न सक्छु न त मेरै परिभाषाको पारिवारिक आकाक्षांलाई आकार दिन सक्छु । प्रयोगवादी धरातलमा उभिएर आर्दशवादको लुगाले आफुलाई छोप्न खोज्दाको लजाईमा जब म मडारिएर समाजका लागी आहुतिन्छु तव मेरै छाँयाले मेरो आवरण छोपिदिन्छ । विज्ञानको नियमले परिभाषित गर्ने गतिशीलता अनुसार वस्तुमा हुने वल प्रयोगले त्यो वस्तुको दिशा निर्घारण गर्छ । तर त्यही अनुपातमा विपरित दिशाबाट बल प्रयोग गरियो भने वस्तु गतिविहीन बन्न पुग्छ । मेरो वस्तुगत अन्तर्दिशामा भने चारैतिरबाट समान वलप्रयोगको कारणस्वरूप वैचारिक र व्यवहारिक स्थीरता जकडिएको छ, जहाँ वल प्रयोगको स्वरूपमा ज्ञान, अज्ञान, अनुभव, आस्था, अवज्ञा अनि यस्तै शाब्दिक परिवेशका सकुंचित दायराहरू पहिलिन्छन् ।
गतिशीलताको अकाट्य सिद्धान्त भित्र पनि जब मैले आफुलाई स्थीर देख्छु तब ब्रह्माण्डको प्राकृतिक गतिशीलता भित्रको स्थीरतामा आफुलाई दाँजेर शान्त हुन खोज्छु । तर फेरी त्यो शान्तिको उपज पनि प्रकृतिनै भई दिदाँको अनुभवबाट हुने अशान्तको कम्पन्नले आफ्नो अस्तित्वको धराप पहिल्याउछुँ अनि आत्मरतिको आत्महत्यामै ठूलो विजय देख्छु । नाटक मञ्चनको पनि अर्थ हुन्छ, अर्थले व्यवहार निर्देशन गर्छ, निर्देशनको कला हुन्छ, त्यो कलाले एउटा उद्देश्य पाउँछ । तर यहाँ नाटकको न अर्थ छ, न व्यवहारको न कलाको । यति निकृष्ट रचनालाई म कसरी बुझाईको आधार बनाउँ जहाँ रचनाकारको अज्ञानता वा अधिज्ञानता नै मेरो अबुझाईको कारक बन्न जान्छ ।
“पुनरपि जननम् पनरपि मरणम्”को चक्रिय लीलाबाट पारपाउनुमा जीवनको अर्थ खोजौ भने त्यो भन्दा संकुचितपना र अव्यहारिकता अन्यत्र दखिदैन । परमानन्द प्राप्तिमा पनि सायद कुनै अर्थ र तर्क छैन किनकी तर्क विहीनतामै परमानन्द प्राप्त छ । संर्घषरूपि यथार्थतालाई जीवनमा दाँज्ने हो भने संघर्ष के का लागी ? आधारभूत प्रश्नमै रुमलिनुको विकल्प छैन । विकास के हो ? विद्वताका मापक के हुन् ? सफलताको सुत्र के हो ? सापेक्षताको विशालता किन यति अस्पस्ट छ ? शून्यताका साधारण विषेशता किन यति रहस्यमयी छन् ? शान्ति र सुख यो अनन्त यात्रामा कुन रस व्याप्त छ ? यो ब्रह्माण्डरूपी साम्राज्यको वैधानिकता के छ ? विकासवादका सिद्धान्तहरूमा डार्विन कुन सांसारिक अस्तित्वको विकास गर्दैछन् ? शक्तिको सिद्धान्तमा आइन्सटाइनहरू किन अनन्तताको सम्भावना देखिरहेछन् ? स्टेफिन हकिङ्गसहरू समयको सापेक्षिक मापनमा कुन महानता पहिल्याईरहेछन् ? कृष्णहरू ज्ञानका रङ्गमञ्चमा किन अर्जुन चरित्र मात्रका लागि माहाभारत रचिरहेछन् ? यमराजहरू कुन कर्मद्वारा निर्देशित भई कालचक्रको वहीखाता सन्तुलन गर्दैछन् ? वेद, पुराण र उपनिषद्का पाण्डुलिपी किन अभिनेताका लागि निर्देशक बनिरहेछन् ? स्वच्छन्दतावादी तालको नसामा रहदै गर्दा व्यवहारमा शून्यता कालजयी हुँदो रहेनछ, कालो र सेतो बीचको खैरो अनुभव सहज हुँदो रहेनछ, सर्वप्रीय सन्दर्भ सापेक्षताले मन अझै अशान्त पार्दो रहेछ, आनन्दको खोजी अर्को विषम् आशक्ति रहेछ, विरक्ति भावको सर्वव्यापी प्रयोग दुष्साहस रहेछ, ज्ञानको यात्रा अज्ञानको अनुभव वटुल्ने साधन रहेछ, सम्पूर्णतामा अपुर्णता र व्यर्थताको सार्थकतामा जीवन चल्दो रहेछ अनि कल्पना र सपनाका अभौतिकताले नै भौतिकवादी बनाउँदो रहेछ ।
हरेक क्रियाको विपरित प्रतिक्रियामा सायद न्यूटनहरू यिनै भूमरीका अर्थ पहिल्याउदा रहेछन् । माक्र्स र लेनिनहरू यस्तै वास्तविकताले धेरिएर वस्तु र चेतनाका खोजमा वर्ग सघंर्षका अनन्त चुनौती स्वीकार गर्दारहेछन् । रजनीसहरू जीवन दर्शनका प्रवचनहरूमा आफ्नै व्यथा र पिडा पोख्दा रहेछन् । आध्यात्मवादीहरू आफ्नै परिचयका लागि समाधीको अर्को नाटक मञ्चन गर्न तल्लीन हुदाँरहेछन् । भौतिकवादीहरू विज्ञानको अन्धकारमा समर्पित जीवनकै लागि आफुलाई सराप्दा रहेछन् । सन्यासीहरू वेग्लै संसारिकताका लागी बिनासिति भौतारिदा रहेछन् । व्यक्तिले आफुलाई उत्कृष्ट देखाउन गर्न सक्ने प्रयोग गर्नु नै मानव हुनुको सार्थकता रहेछ । प्रयोगबादको आफु अनुकुल प्रयोगले व्यक्ति व्यक्त हुदोरहेछ । तर मैले देख्ने दिनको अँध्यारोपन र रातको चकमन्नतालाई किन दुनिँया वेवास्ता गर्दैहिड्छ ? म आँखा बन्द गरी संसार हर्न चाहन्छु, बहिरो भई विचित्र लीला सुन्न चाहन्छु, सपनामा विश्व परिवेश घुम्न चाहन्छु, अनि कल्पनामा यहि संसार डस्न चाहन्छु । यो मेरो अतिरञ्जना होईन निश्चछल भाव हो, अर्थहीन व्यस्तता हो र जीवन वाँच्ने कला पनि हो । तर त्यति बेला म वजारशास्त्रका अवधारणामा कुनै सम्भावना पाउदैन, अर्थशास्त्रका सिद्धान्तले पूँजीवाद स्वीकारेको पाउँदैन, लेखा र तथ्याङ्क शास्त्रमा व्यवहारिकता पाउदैन, गीताका र्दशनमा कर्मण्यताको पुष्टता पाउदैन अनि प्रकृतिको कोखमा आफ्नो स्थान पाउँदैन किनकी म त प्रकृति विरुद्धको जीत र हारमा आफ्नो अस्तित्व खोज्ने मान्छे, तर्क वितर्कको कुतर्कमा आफुलाई रमाउन खोज्ने मान्छे, कर्मवादको आफू अनुकूल व्याख्या गर्न खोज्ने मान्छे, साँच्चै म त जीवनको उत्कृष्ट अभिनेता बन्न अभिनयको यज्ञमा होमिसकेको मान्छे !
मान्छे विवेकशील प्राणी कहिलिदै गर्दा न त मैले त्यो विवेकको अनुभव नै संगाल्न सकेको छु न त प्रयोग नै गर्न सकेको छु । किनकी विवेकशीलताले त सहि र गलतको निर्णय लिन सक्छ । मेरो अन्तःस्करणले सही र गलत छुट्याउन जान्दैन, अज्ञान र ज्ञानको फराकिलो अन्तरलाई दृष्टीभ्रमको नाममा दिग्भ्रमित पारिदिन्छ । स्वास लिनु मात्रै सजीव प्राणी हुनको प्रमाण होईन । तर मैले मेरो जैविक निर्जीवता लाई प्रमाणित गर्ने प्रमाणिक आधारको वकालत गरिरहदा शून्यतावादमा समेत कुनै स्पष्टता नदेखिनु र त्यो शून्यतावाद पनि मेरै सापेक्षिक भावमा अभिब्यक्त हुनुले यो मानसपटलको छट्पटाहटलाई लिपीबद्ध गर्नु नै त्यसको सायद एउटा विकल्प थियो की ? जुन अभिव्यक्तिको आसय अर्को एउटा ज्ञानरूपी खाडलको भुमरीको लागी नौलो र अपरिचित यात्रा तय गर्नु पनि हो की ?

No comments:
Post a Comment